काठमाडौं । दलित समुदायका अभियन्ताहरुको गोलमेच बैठक सम्पन्न भएको छ।
दलित भित्रको एकता अनि सौहर्दताको अपरिहार्यता लाई बुझेर विभिन्न सङ्घ संगठन मोर्चा लगायत दलित समुदायलाई एकत्रित रुपमा अगाडि लैजाने उद्देश्य सहित आज बैठक सम्पन्न भएको हाे ।
बैठकमा दलित अभियन्ता खगेन्द्र सुनार, सिडब्लुएनका अध्यक्ष मित्र परियार मधेस लागयत देशका विभिन्न ठाउबाट आएका दलित अभियन्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम सन्चालन अग्नि सिखाको संयाेजकत्वमा भएको थियो। दलित अभियानलाई संयुक्त मोर्चाको रुपमा स्थपना गर्दै नेपालमा के हुदैछ भन्ने सन्देश विश्वव्यापी रुपमा देखियोस भन्ने कार्यक्रमको उद्देश्य रहेकाे थियाे । कार्यक्रमले विभिन्न तहमा संयाेजक नियुक्त गर्दै आगामी दिनमा बृहत रुपमा अघि बढ्ने, संविधान संसाेधनमा दलित समुदायका मुद्दा लाई लिएर दबाब सृजना गर्ने र दलितका हक अधिकारको लागि एकताबद्ध भएर जाने निर्णय बैठकले गरेकाे छ ।
कार्यक्रमको संयाेजक डा निर्मल विश्वकर्मा रहेका थिए । दलित अभियान संयुक्त मोर्चा निर्माणकर्ता संयाेजक डा निर्मल विश्वकर्माले मोर्चाले अब दलित एक जुट भएर जाने र संविधान निर्माणमा दलित हक सुनिश्चित गर्न दबाब दिने मोर्चाको मुख्य एजेन्डा रहेकाे बताए ।
वैठकले गरेका निर्णयहरु :
१. प्रथम ‘गोलमेच सम्मेलन’ गर्ने।
२. दलित अभियन्ताहरूको मोर्चा निर्माण गर्ने।
३. राष्ट्रिय साझा आन्दोलनको बृहतरूपमा शक्ति निर्माण गर्ने।
४. सरकारले संविधानको धारा २४,४०,४२ को एन पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने।
५. संविधान संशोधन वा पूर्णलेखनमा सरकारलाई लाई दबाब दिने।