तोलामा ५ सय बढ्यो सुन, चाँदी भने स्थिर

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिन सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो ।

आज सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।