सुन प्रतितोला ८ सय बढेर १ लाख ५३ हजार ३ सय पुग्यो

काठमाडौ । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँ किनबेच भइरहेको छ।