काठमाडौँ । मंसिर २२ गते कास्की जिल्ला पाेखारा सिर्जना चाेक वडा नं ७ मा घटेकाे घटना हो । विवाह पार्टीमा गएका केटा केटी पार्टी सकाएर कतै घुम्न निस्कन्छन् । उनीहरु हुन् १६ वर्षिय सृजना खड्का र १६ वर्षका सुशील विश्वकर्मा । उनीहरु सँगै कलेज पढ्ने साथीहरु हुन् । विवाह पार्टीमा भेट हुन्छ अनि घुम्न भनेर स्तुपा कास्की गुम्बा पुग्छन् ।
विवाह पार्टी सकिएपछि उनीहरु घर नगई कतै घुम्न जाउँ भन्दै स्तुपा पुगे । दुबैको सहमतिमा उनीहरु त्यहाँ घुम्न गएका हुन् । घुम्दा घुम्दै रात घर्किन छ, अनि घर नफिर्कने र त्यतै कतै बस्ने सल्लाह दुवै जना बिच हुन्छ । केटा बाहिर निस्किएको मौका पारेर केटीले आफ्नो बुबालाई फोन गरेर बोलाउँछिन् । अनि बुबासँग केटाले अभद्र व्यवहार गरेको भनी अरोप लगाउँछिन् ।
केटा र केटीबीच के कुराकानी भयो ? के गल्ती भयो ? भन्ने कुरा नबुझि केटीका बुबाले केटालाई अन्धाधुन्ध हातपात गर्छन् । केटीको बुबा नबिन खड्का प्रहरी हवल्दार हुन् । उनीसँगै मिलेर दुई तीन जना प्रहरीको समूहले सुशिललाई अन्धाधुन्ध पिट्छन् । त्यतिमात्र हैन पुलिस हिरासतमा पुर्याउँछन् । केटालाई हिरासतमा राखिएको भोलिपल्ट सुधार केन्द्र पठाइन्छ ।
पाँचदिन पछि बयानको क्रममा केटीले आफूहरुबीच केही नभएको बयान दिन तयार भएकी केटी पारिवारिक दबाबमा बयान फेर्छिन् । केटीले बयान फेरेर केटाले आफूलाई जबर्जस्ती गरेको भनी बयान दिइन भने उनका साथीहरुले पनि तेहि बयान दिए । केटा अहिलेसम्म प्रहरी हिरासतमा छन् ।
मिल्ने कुरा गर्दा केटीको आमाले केटाको परिवारसँग आर्थिक लेनदेनको कुरा गरेको समेत बाहिरीएको छ । माफि माग्दा केटीको बुबाले हुन्छ भनेपनि आमाले चाँही कति दिनुहुन्छ भनेर केटाको आमासँग सम्बाद गरेको केटाको आमाले बताएकी छन् । यो घटनामा केटालाई नियतबस फसाउन खोजेको स्पष्ट देखिएको केटाका परिवारले जनाएका छन् ।