प्रतितोला २ हजार ३ सय बढेर सुन १ लाख ६२ हजार ८ सय पुग्यो

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्वातै बढेको छ । सुन प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।