काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मरुल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने केही घटेको छ।
शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
यसैगरी, आज आइतबार चाँदीको मूल्य भने घटेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
















