काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको हो ।
जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको थियो ।