दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजक समितिले माग्यो गृहमन्त्री लेखकको राजिनामा

काठमाडौँ । दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजक समितिले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

समितिका संयोजक डा निर्मल विश्वकर्माको संयोजनमा भएको कार्यक्रममा सहभागिहरुले गृहमन्त्री रमेश लेखकको राजिनामा मागेका हुन् ।

जातीय छुवाछुत र भेदभावको घटना र गोलमेच सम्मेलनको विषयमा जानकारी दिन आयोजित कार्यक्रममा दलित अभियन्ताहरूले गृहमन्त्रीको विषयमा आएको समाचार र त्यसको सत्यताप्रति चासो राख्दै राज्य संरक्षित छुवाछुत हिँसा यातना र विभेदको चर्को विरोध गरेका थिए ।

डा.निर्मल विश्वकर्माले दलित समुदायको मुद्दाले सासकलाई नछोएको बताउँदै भने यस्तो किन भष्षे भने एउटा साझा र क्लियर एजेन्डा भएन राज्यसत्तासँग लडनको लागि । दलित एक ठाँउ नभएको कारण गोलमेच सम्मेलन गर्न लागिएको हो । एकताको प्रक्रियामा छौ । विभिन्न पार्टीका दलितहरूको भात्री संगठनले समुचित कार्य गर्न सकेको छैन त्यसैले हामी नयाँ ढंगले जान चाहेका छौ । नेपाली काङ्ग्रेसले तत्काल उनलाई फिर्ता बोलाओस । उनले राष्ट्रघात पनि गरेका छन् । त्यो भत्सर्ना योग्य छ गृहमन्त्रीको केस अब त्यसै सकिंदैन । उनका विरूद्ध मुद्दा दर्ता गर्ने अवस्थामा पनि जानु पर्नेमा डाविश्वकर्माको जोड थियो ।

देश संविधानबाट सन्चालन नभएर मनुस्मृतिबाट सन्चालित छ भन्दै कास्ट वाच नेटवर्कका अध्यक्ष डा मित्र परियारले भने गृहमन्त्री लेखकले राजिनामा दिनुपर्छ अन्यथा प्रधानमन्त्री ओली र देउवाले उनलाई बर्खास्त गर्नु पर्छ । यदि त्यसो हुन् सकेन भने दलित समुदायले माइतीघर मण्डलमा आगो बाल्नेछन् ।

संविधान सभा सदस्य रामप्रित पासवान दलितको समस्या पहाड र तराई मधेशमा फरक रहेको बताए । तसर्थ त्यही अनुसार योजना बनाएर संघर्ष गर्नुपर्ने कुरामा पासवानले जोड दिए । उनले साझा एजेण्डा बनाएर अगाडि जानुको विकल्प नभएको निस्कर्ष सुनाएका थिए ।

काय्रक्रममा तुलसी रसाइली भनिन् म आफै पहिलो महिला सहिद हुन तयार छु । महिलाको उपस्थिति र नेतृत्व फराकिलो बनाउनु पर्ने र दलित गैरदलित हातेमालो गरेर जातीय छुवाछुत र विभेद अन्त्य गर्न गैरदलितसँग हातेमालो गर्न चाहान्छौ । उनले आजको नेपाली समाजको यथार्थता सहितका जातीय छुवाछुतका उदाहरण आफैले भोगेको आफ्नै वरपर रहेको र अन्तरजातीय विवहा सफल नभएको त्यसको लागि मान्छेको माइण्डसेट बदल्नुपर्ने तर्क दिएकी थिइन् ।