काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो यात्रामा छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ ।
यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।