चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।
चितवन अदालतमा आजबाट सुरु भएको बयानपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् ।
चितवनको साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।