रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा भएको अनियमितता र एकलौटी निर्णयप्रति गम्भीर

प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा चैत्र ५ गते हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दल दर्ता र मनोनयन दर्ता भई उम्मेदवारको अन्तिम नामावली प्रकाशित भईसकेको र अन्तिम चरणमा पुगिसकेको अवस्था मध्यरातमा अनेरास्ववियुले तालाबन्दी गरेर निर्वाचन स्थगित भएको थियो। फेरि सर्वदलीय बैठक आह्वान गरि चेैत्र १६ गते निर्वाचनको मिति तोकेको थियो। उक्त मितिमा पनि विविध कारण निर्वाचन हुन सकेन।तत्पश्चात निर्वाचनको माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरि उच्च अदालत पाटनले यथाशीघ्र स्ववियु निर्वाचन गराउनु भनी परमादेश समेत जारी गरेको अवस्थामा निर्वाचन नगरि स्ववियु सभापतिका उम्मेदवारहरु संग बिना जानकारी कुनै छलफल वार्ता र सर्वदलीय बैठक नबसी उम्मेदवारी नै नदिएका व्यक्तिको नाम समावेश गरेर निर्वाचन समितिका संयोजकले एकलौटी ढंगबाट कुनै अमूक संगठनलाई जिताउन अवैधानिक, कुनै विधि, प्रक्रिया विपरीत सर्वसम्मतबाट भएको भनी निकालेको स्ववियु समिति प्रति गम्भीर आपत्ति व्यक्त गर्दैछौं।
सो कदमको त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम, २०५० र त्रिवि स्ववियु निर्वाचन कार्य निर्देशिका २०८१ विपरीत भएकाले उक्त स्ववियु समिति खारेज गरि आवस्यक कारबाही गर्नुहुन हार्दिक अनुरोध गर्दैछौं।