“निर्मल तिमल्सिनाको ‘महसुस गर्नुछ’ सार्वजनिक”

काठमाडौं  सर्जक निर्मल तिमल्सिनाको आफ्नो पहिलो गीत ‘महसुस गर्नुछ’ गीत सार्वजनिक गरेका छन् । उनको पहिलो गीत द डाफेज युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।  यस गीतमा  स्वर रवी सुनार र पिटु गहतराजले दिएका छन् । गीतको लिरिक्स तिमल्सिनाले नै लेखेका हुन् भने गायक सुनारले नै संगित गरेका छन् । आर्चर पन्त र पूजा मोक्तानको बेजोड अभिनय रहेको गीतको डिओपी तिमल्सिना र विवेक विकसले गरेका छन् ।  थापा सरकार र अन्जु अधिकारीले निर्माण गरेको गीत निरज सिंहले सम्पादन गरेका हुन् ।  वियोगान्त कथामा टुंगिएको गीतले प्रेममा परेका जोडीहरुलाई सकारात्मक सन्देश दिने विश्वास लिएको लेखकले   बताए   । प्रेम देखावटी हुँदै गईरहेको परिवेशमा लेखक तिमल्सिनाको गीत मार्फत  प्रेम   महशुस गर्ने कुरा हो भन्न खोजेका छन्