समाजसेवी रिता परियारले मृगौला पीडित शान्ती बिकलाई रु २०,००० (बीस हजार) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। लामो समयदेखि समाजमा रहेका विपन्न, पीडित र अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आउनुभएकी परियारले यसपटक पनि आफ्नो सहानुभूति र सेवाको भावना उजागर गर्नुभएको छ।
जन्मथलो गोर्खा र हाल कर्मथलो नर्वे रहेकी रिता परियार समाज सेवामा समर्पित व्यक्तित्व हुनुहुन्छ। वैदेशिक जीवनको व्यस्तता र जिम्मेवारीबीच पनि उहाँ निरन्तर सामाजिक कार्यमा सक्रिय रहनुभएको छ। दुःखीको घाउमा मलम लगाउने कार्यमा उहाँको योगदान उल्लेखनीय छ।
उहाँको यही समर्पण र सेवाभावनाका कारण रिता परियार समाज सेवा प्रतिको सबैको आशा र विश्वासको केन्द्र बन्दै आउनुभएको छ।