काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका वडा– २४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चार वटै घरको अनुगमन गरेकी छन् ।
‘आगलागी भएको जानकारी पाएसँगै म मखनटोल पुगेर त्यहाँको अनुगमन गरेकी छु,’ डंगोलले भनिन्, ‘अहिलेसम्म ग्यास चुहिर आगलागी भएको भन्ने छ । आगलागीका घटनाहरु धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’
डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरुमा पनि अनुगमन गर्ने जानकारी दिइन् । आज आगलागीमा परी श्रेष्ठको चारतले घरमा पूर्णरुपमा क्षति भएको छ भने त्यहि घरमा एक महिलाको मृत्यु भएको छ ।