करिब एक घण्टा अवरुद्ध भएपछि आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको छ ।

१ जेठ, काठमाडौं । करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको छ ।

यसअघि देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताएनेपालका पश्चिम क्षेत्र र काठमाडौंका केही भागमा विद्युत आउन थाले पनि पूर्वी क्षेत्रमा अझै पनि अवरोध कायमै रहेको उनले बताए । ‘ढल्केबरबाट १४५ किलोमिटर टाढा प्रसारण लाइन सर्ट भएर अवरोध आएको छ । देशभित्रैको लाइनबाट आपूर्तिको प्रयास भइरहेको छ,’