काठमाडौं -२०७८ को जनगणनाअनुसार १५ देखि १७ वर्ष उमेरका करिब २२ प्रतिशत र १० देखि १४ वर्ष उमेरका सात प्रतिशतले विवाह गरेको देखिन्छ। सानै उमेरमा विवाह गर्नेमा निमुखा, दलित, सीमान्तकृत समुदायका बालबालिका धेरै छन्।
कतिपयले विवाह उमेर घटाइयो भने बलात्कार कम हुने र बालविवाहको अवस्थामा पनि न्यूनीकरण हुने तर्क गरेका छन्। प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ। समितिले यस्तो सुझाव दिएपछि यो बहसको विषय बनेको छ।
अहिलेको कानुनले १८ वर्षमुनिकालाई बालबालिका भन्छ, २० वर्षभन्दा कम उमेरमा विवाह गरे गराए त्यसलाई बालविवाह मान्छ। कानुनले बाल विवाहलाई बर्जित गरेको छ। सरकार स्वयंले पनि बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०८० लागु गरेको छ। रणनीतिको लक्ष्य २०३० सम्म बालविवाह अन्त्य गर्ने छ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ। समितिले यस्तो सुझाव दिएपछि यो बहसको विषय बनेको छ