मुम्बई । रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ (धुरन्धरः द रिभेन्ज) ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान तोड्दै ऐतिहासिक सफलता हासिल गरेको छ। रिलिजको १० औँ दिनसम्म आइपुग्दा यो फिल्म विश्वभर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ ।
फिल्मले विश्वभर १,२२६.४४ करोड (भारु) सङ्कलन गर्दै यश स्टारर ‘केजीएफः च्याप्टर २’ (१,२१५ करोड) र शाहरुख खानको ‘जवान’ (१,१६० करोड) को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।
समाचारका अनुसार रिलिजको १० औँ दिन (शनिबार) फिल्मले भारतमा मात्रै ६२.८५ करोड रुपैयाँको नेट कलेक्सन गरेको छ । हालसम्म फिल्मले भारतमा कुल ७७८.७७ करोड रुपैयाँ नेट र ९३०.४४ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। विदेशी बजार (ओभरसीज) बाट फिल्मले २९६.०० करोड रुपैयाँ कमाएको छ। यसरी फिल्मको कुल वल्र्डवाइड ग्रस कलेक्सन १,२२६.४४ करोड पुगेको छ।


















