काठमाडौ -शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।
सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ। सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन्।















