काठमाडौं। सेयर बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ सीमा सम्बन्धी व्यवस्था हेरफेर भएको छ।
यो व्यवस्था वैशाख ७ गते सोमबारदेखि लागू हुनेछ। बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतभन्दा बढी घटबढ हुँदैन।
कम्पनीको सेयर मूल्य एकैदिन अस्वाभाविक रुपमा घटबढ हुन नदिन सर्किटको व्यवस्था लागू गरिएको हो।
नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गरेर १० प्रतिशतको सर्किट सीमालाई १५ प्रतिशत पुर्याएको हो।

















