काठमाडौ। नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। यूएईसँगको सिरिजको दोस्रो खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले यूएईलाई ब्याटिङको निम्ता दिएका हुन्।
आजको खेलमा नेपालले टोलीमा ४ वटा परिवर्तन गरेको छ। शेर मल्ल, बसीर अहमद, सन्दीप जोरा र अर्जुन साउद बाहिरिएका छन्। उनीहरुको स्थान आरिफ शेख, सन्तोष यादव, शाहब आलम र लोकेश बम टोलीमा परेका छन्।
आजको खेलबाट सन्तोष यादवले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट खेलेका उनले नेपाल प्रिमियर लिग काठमाडौं गोर्खाजबाट खेलेका थिए। उनी पीएम कपमा सर्बोत्कृष्ट खेलाडी बनेका थिए।
यसअघि नेपाली टोली सोमबार यूएईसँग ६ विकेटले पराजित भएको थियो।


















