नेप्सेमा झिनो सुधार, सवा ५ अर्बको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक साताको अन्तिम दिन झिनो अंकले बढेको छ।

वैशाख ७ गते गतेयता चार दिन लगातार ओरालो लागेको नेप्से सूचक शुक्रबार १.५४ अंकले बढेको हो। नेप्से २७८८.७० विन्दु कायम भएको छ। नेप्से चार दिनमा ५१ अंकले घटको थियो।

फाइनान्स लगानी जीवन बीमा लघुवित्त म्युचुअल फण्ड निर्जीवन बीमा र अन्य बाहेकका उपसमूहले नेप्से बढाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ०.५८ प्रतिशतले बढेको छ।

८७ कम्पनीको सेयर मूल्य बढ्दा पाल्पा सिमेन्ट, शिखर पावर र माइखोला हाइड्रोपावर कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। १६८ कम्पनीको सेयर मूल्य भने घटेको छ।