एफएनसीसीआईका नयाँ अध्यक्ष अन्जनले सम्हाले जिम्मेवारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्।

उनले बिहीबार निवर्तमान अध्यक्ष चन्द्र ढकालसामु पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका हुन्।

अध्यक्ष श्रेष्ठले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका छन्।

एफएनसीसीआईमा नयाँ नेतृत्व चयनका लागि वैशाख २२ गते निर्वाचन भएको थियो। वरिष्ठ उपाध्यक्ष स्वत: हुने विधानको व्यवस्था अनुसार अन्जन अध्यक्ष बनेका हुन्।

यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। नरेशलालबाहेक

यस्तै केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनेहरु अधिकांश पनि अन्जन पक्षकै हुन्।