घरकाले गन्दैनन्’ सार्वजनिक, पशुपति शर्मा र निशा केसीको नयाँ सांगीतिक कोसेली

 

केपि कुमार जलन

लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुति तथा स्वरमा रहेको नयाँ गीत ‘घरकाले गन्दैनन्’ सार्वजनिक भएको छ। गीतमा पशुपति शर्मासँगै गायिका निशा केसीको स्वर रहेको छ।
गीतमा शब्द तथा संगीत पशुपति शर्माको रहेको छ भने विश्वास नेपालले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्।

‘घरकाले गन्दैनन्’को भिडियोमा पशुपति शर्मा, निशा केसीलगायत कलाकारलाई फरक तथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेका छन्। छायांकन दुर्गा पौडेलको रहेको छ भने सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन्।

त्यस्तै, मेकअप सोनिका गैमेर, कोरियोग्राफी अमर रावल (कोसिस) तथा ड्रेस भ्यालेन्टिनो बुटिकको रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन ड्राग पिक्चर्सले गरेको छ।

पशुपति शर्माका लोकप्रिय लोक तथा हास्यप्रधान सिर्जनाहरूबाट परिचित दर्शक–श्रोतामाझ ‘घरकाले गन्दैनन्’ ले पनि मनोरञ्जनसँगै चर्चा पाउने अपेक्षा गरिएको छ। पशुपति शर्मा र निशा केसीको सहकार्यमा तयार भएको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको प्रतिक्रिया पाउन थालेको छ।