राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिद्वारा कलाकार र नागरिकको राहतका लागि १ लाख १५ हजार ७ सय १७ रुपैयाँ सहयोग

केपि कुमार जलन
पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले प्राकृतिक प्रकोपबाट प्रभावित तथा पीडित कलाकार र नागरिकको राहतका लागि १ लाख १५ हजार ७ सय १७ रुपैयाँ सहयोग रकम संकलन गरी केन्द्रीय समितिको खातामा जम्मा गरेको छ।

प्रतिष्ठानले मानवीय सहायता अभियानअन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित कलाकारसहित अन्य नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरेको जनाएको छ।

केन्द्रीय कार्यसमितिमार्फत वितरण गरिने राहत कार्यक्रमका लागि गण्डकी प्रदेश समितिले रु. १,१५,७१७ संकलन गरी प्रतिष्ठानको केन्द्रीय समितिको खातामा जम्मा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गण्डकी प्रदेश समितिले सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा विभिन्न सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै प्राकृतिक विपत्तिको कठिन घडीमा पीडितहरूको दुःखमा साथ दिन सबैलाई आग्रहसमेत गरेको छ।

प्रतिष्ठानले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।