टीका सानू, देवी घर्ती, शान्ति श्री र रामजी खाँणको सांगीतिक प्रस्तुतिले जापानमा गुञ्जियो तीज

केपि कुमार जलन
गल्कोट समाज क्षेत्रीय कमिटी जापान, टोकियोको आयोजनामा रसुवा बाढीपीडितहरूको सहयोगार्थ आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

नेपालबाट जापान पुगेका चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा गायिका टीका सानू, देवी घर्ती, शान्ति श्री परियार तथा गायक रामजी खाँणले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतीमा उपस्थित दर्शकहरू भरपूर मनोरञ्जन लिएका थिए।

नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्राकृतिक विपद्बाट प्रभावित रसुवा जिल्लाका बाढीपीडितहरूको सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जापानमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुने आदरणीय आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनी, शुभचिन्तक एवं सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति पनि विशेष कृतज्ञता व्यक्त गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण साथ, सहयोग तथा निरन्तर हौसला प्रदान गरेकोमा BJN इन्टरनेसनल ग्रुप तथा विशेषगरी दीपक केसीप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

नेपालबाट जापान पुगेर सम्पन्न गरिएको पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोजक तथा कलाकारहरूले नेपाली समुदायबीच सधैँ यस्तै एकता, सहयोग र सद्भाव कायम रहिरहोस् भन्ने कामना गरेका छन्।

रसुवा बाढीपीडितहरूको सहयोगार्थ आयोजित उक्त तीज विशेष सांस्कृतिक कार्यक्रमले मनोरञ्जनसँगै मानवीय सेवा र सामाजिक सद्भावको महत्वपूर्ण सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।