सेयर कारोबार मापक नेप्से परिसूचक ११.७७ अंकले वृद्धि

सेयर कारोबार मापक नेप्से परिसूचक ११.७७ अंकले वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ४४ प्रतिशतको वृद्धिपछि २ हजार ६ सय २९ दशमलव ८१ विन्दुमा उक्लिएको हो ।

कारोबारमा आएकामध्ये १७६ कम्पनीको मूल्य बढ्यो, ९५ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थि रह्यो ।  निर्जीवन बिमा बाहेक सबै उपसमूहको मूल्य बढ्यो । निर्जीवन बिमा ३२.१९ अंकले घट्यो । उत्पादन तथा प्रशोधन १९५.२९, जीवन बिमा ८३.६८,  व्यापार ३१.५०, लघुवित्त २८.०७ अंकले बढ्यो ।

कुल ५१ हजार ७१६ पटकको सेयर किनबेचमा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा १ करोड ७२ लाख  ७० हजार ४४९ कित्ता सेयर किनबेच भए ।

नेपाल ल्युब आयलको १२.४७, सोनापुर मिनरल्स एन्ड आयलको ७.६५,  कुमारी सबल योजनाको ७.५६, घोराही सिमेन्ट इन्डस्ट्रिजको ७.०७,  सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ६.४७ प्रतिशतले मूल्य बढ्यो ।

मध्य सोलु हाइड्रोपावरको ११.५८,  धौलागिरी लघुवित्त वित्तीय संस्थाको १०.१९,  सिटिजन्स सुपर ३० म्युचअल फन्डको ३.४७, हाथवे इन्भेष्टमेन्ट नेपालको ३.४३, ज्योती विकास बैंक बोन्ड २०८७ को २.९९ प्रतिशतले मूल्य घट्यो