गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट अचानक ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् ।

मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि ढुंगा खसेको हो ।

ढुंगा खसेपछि बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएका थिए ।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण, दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा टोली घटनास्थल पुगेको थियो । टोलीले सिटले च्यापिएका चारै जनाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकामा बर्दियाका द्ववारीका प्रसाद थारु ९३७०, सुरेशलाल थारु ९३५०, चितवनकी सलिना सुनार ९२०० र कञ्चनपुरकी भगवती कँडेल ९४०० रहेका छन् ।

उनीहरूलाई उपचारका लागि दाङको भालुवाङ अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार चारै जना घाइतेको अवस्था सामान्य रहेको छ ।