अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्य अघिल्लो दिनका तुलनामा घटेको छ। सँगै विश्वबजारमा सुनचाँदीको मूल्यमा समेटत गिरावट आएको छ।
२४ घण्टामा सुन ३९.२६ डलरले घट्दै मंगलबार बिहान कारोबार मूल्य प्रति औंस ४१५५.६९ डलर भएको छ। चाँदी १.२३ डलर घट्दै प्रति औंस ५९.७५ डलरले कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ९४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५४ पैसा भएको छ। सोमबार खरिद दर १५४ रुपैयाँ ४८ पैसा र बिक्री दर १५५ रुपैयाँ ८ पैसा थियो।
यस्तै युरोपियन युरोको खरिद दर १७१ रुपैयाँ ३ पैसा र बिक्री दर १७१ रुपैयाँ ७० पैसा भएको छ। सोमबार खरिद दर १७३ रुपैयाँ ५ पैसा र बिक्री दर १७३ रुपैयाँ ७२ पैसा थियो।
यस्तै पाउण्ड स्टर्लिङको खरिद दर २०२ रुपैयाँ ४२ पैसा र बिक्री दर २०३ रुपैयाँ २२ पैसा भएको छ। सोमबार खरिद दर २०४ रुपैयाँ ४२ पैसा र बिक्री दर २०५ रुपैयाँ २१ पैसा थियो।
स्विस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३१ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६५ पैसा रहेको छ। सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा रहेको छ। थाई भाट एकको खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा तोकिएको छ।
संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११ रुपैयाँ ५२ पैसा रहेको छ।
स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा तोकिएको छ। डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा रहेको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।
कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा तोकिएको छ। ओमानी रियाल एकको खरिददर ३९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७८ पैसा रहेको छ।
भारतसँगको कारोबारका लागि भने नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। यो दर राष्ट्र बैंकले तोकेको स्थिर दर हो।


















