जनकपुरधामस्थित बाँसबारी क्याफेमा आगलागी , २० लाख मूल्य बराबरको क्षति

असार ७: आज बिहान बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी भएको छ । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको हो।

सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।