एन्फाका नव निर्वाचित पदाधिकारीहरुले आज शपथ ग्रहण गर्दै 

असार ८ : अखिल नेपाल फुटबल संघ ९एन्फा० का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले आज शपथ ग्रहण गर्ने भएका छन् ।नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ साँझ ५ बजे हुने भएको हो ।

शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए ।