असार १२ : प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।
संसद् सचिवालयले आजको बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बैसठ्ठी औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेस गर्नेछन् ।
प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/pratinidhisava.pdf”]


















