मौसम पूर्वानुमान: भारी वर्षाको सम्भावना

असार १४: देशभर मनसुनी वायु सक्रिय बनेको छ। मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।