असार १५ : काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ७ बजेदेखि सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेको आगो नियन्त्रणामा आएको हो ।
आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयोग गरिएको थियो ।
आगो के कारणले लाग्यो भन्ने खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ ।

















