असार १५ः नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायीलाई सहज रुपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ ।
बुधबार
काठमाडौंमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई विदाइ एवं सम्मान गर्दै महासंघले केरुङ, तातोपानी लगायतका नाकामा आवत जावतका लागि सहजीकरणका लागि पहल गर्न आग्रह गरेका हुन् ।
सो क्रममा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्यालाई प्राथमिकतामा राख्ने बताए। नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने उनको भनान छ ।
महासङ्घले चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरणका साथै व्यवसायीलाई सहज रुपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ ।

















