साकार भयो अध्यक्ष बुढाको सपना तमानखोला बालगृहको स्थापना

असोज १६ : तमानखोला गाँउपालीकाले परिवारमा आमा बुवा वा आमा बुवा मध्य १ जना गुमाएका, अनाथ, अशक्त र परिवार विहिन बालबालिकालाई लक्षित गर्दै तमानखोला बालगृह संचालामा ल्याएको छ ।

अघिल्लो पटक स्थानीय चुनावको लागि अध्यक्षमा उमेद्धवारी दिएसंगै चुनाव प्रचारप्रसारमा गाँउ गाँउमा पुग्नेबेला अधिकांश बालबालिका परिवार विहिन बनेर आफन्तको साहारामा अन्यत्र बसेको भेटेसंगै सोही साझ पालीका अध्यक्ष जोकलाल बुढाले आफुले जिते अभिभावक विहिन बनेका बच्चाहरुको लागी एउटा बालगृह संचालमा ल्याएर उनीहरुको लागी बसोबाँस र पठनपाठको सम्पूर्ण ब्यवस्था गर्ने प्रतिबद्दता गरेका थिए ।

अध्यक्षको त्यस किसिमको सोच र योजना आफुलाई त्यबिबेला नै निकै मन परेको र आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको तमानखोला वडा नं.३ का वडा अध्यक्ष झक बहादुर बुढा सम्झन्छन् । अध्यक्ष पदमा विजय भएसंगै २०७४ सालमै बुढाले आफ्नो सेवा सुविधाको १० प्रतिशत बालगृहका लागि छुट्टाउने निर्णय सुनाए यो अभियानमा त्यो कार्याकालका उपाध्यक्ष मानसरि शेरर्चन कार्यालयमा कार्यरत कर्मचारी सबैको साथ मिल्यो अध्यक्षको १० प्रतिशत र अन्य कर्मचारीको ५ प्रतिशत संकलित रकममा पालीकाले गत आर्थिक वर्षमा ५ लाख थप गरेर नगद रु १२ लाख संकलन गरेको थियो ।

अघिल्लो कार्याकालमा विविध समस्या जोडिएको कारण सञ्चालनमा आउन नसकेको बालगृह यो वषर्को पहिलो महिनादेखि नै संचालनमा ल्याउने तयारी अगाडि बढेकोबारे पालीकाको पहिलो बैठकमा अध्यक्ष जोकलाल बुढाले उद्घोष गरेका थिए । सोही अनुसार एक कार्यक्रमको बिच तमानखोला गाँउपालीका ३ तमानमा हाल ३० जना बालबालीका सहित तमानखोला बालगृह संचालनमा ल्याईएको छ ।

बालबालिकाको पूर्णरुपमा स्वास्थ्य चेकजाज गरि बालगृहमा राखिएको हरि छन्त्यालले बताएका छन् । हाल ३० जना बालबालीका रहेको उक्त बालगृहमा ५० जना भन्दा माथीको संख्यामा बालबालीका पुग्ने अनुमान रहेको झक बुढा बताउछन् । तीस जना बालबालीका मध्ये कसैको बुवा गुमेको कसैको आमा गुमेको वा बुवाले दोस्रो बिवाह गरेर दुख पाएकाहरु छन् । मासिक रुपमा घरभाडा तिर्ने गरि बालबालीकालाई बालगृहको ब्यवस्थापन गरिएको छ। आगामी दिनमा पालन पोषण देखि लिएर १२ कक्षा सम्म निशुल्क रुपमा पढाउने जिम्मा लिएर उनीहरुलाई उक्त स्थानमा ब्यवस्थापन गरेको अध्यक्ष बुढाले जानकारि दिएका छन् ।

हाल

उनीहरुको रेखदेख र खाना खाजा ब्यवस्थापन गर्नका लागी स्थानीय सुनिता बुढालाई मासिक पारिश्रमिक दिने गरि राखिएको छ सुनिताका श्रीमान केही वर्षदेखि बेपत्ता भएका छन , उनको आर्थिक अवस्था निकै कमजोर छ सुनिता संगै उनका दुई सन्तानलाई सोही बालगृहमा ब्यवस्थापन गरिएको छ ।

बालगृहका विद्यार्थीलाई साझ बिहान धनगौ ज्योति माविका शिक्षकले रेखदेख गर्नेछन् ,३० जना बालबालिका मध्येमा २ जना मगर समुदाय, ४ जना छन्त्याल समुदाय र बाकी दलित समुदायका रहेका छन, हाल २,३,४,६ वडाको बालबालीका मात्रै उक्त बालगृहमा रहेपनि चाडै १ र ५ वडामा रहेका परिवार बिहिन बालकाली लाई ब्यवस्थापन गर्ने वडा अध्यक्ष झक बुढाको भनाई छ ।

पहिलो चरणमा २० जना मात्रै बालबालीका  राख्ने सोच गरिएको भएतापनी बालबालीकाको संख्यामा बृद्धि भएसंगै ५० जनाको अनुमान गरिएको छ । बालगृहको उद्घाटन कार्यक्रममा बोल्दै बिष्णु आधाभूत बिधालयका प्र.अ.ओम प्रकाश छन्त्यालले तमानखोलाका जनप्रतिनिधिले उदाहरणीय काम गरेको बताउदै आफुले शिक्षण पेशामा रहुन्जेलसम्म बार्षिक रुपमा तमानखोला बालगृहलाई नगद रु ५० हजार सहयोग गर्ने बताएका छन ।

२०७४ साल देखि नै आफ्नो सुविधाको निरन्तर १०प्रतिशत बालगृहको नाममा सहयोग संकलन गर्दै आएका पालीका अध्यक्ष जोकलाल बुढाले आफुनो दोस्रो कार्यकालमा पनि सोही कार्य निरन्तता दिने बताएका छन् उनी संगै तमानखोला गापा वडा नं.३ का अध्यक्ष झक बहादुर बुढाले समेत आफ्नो तलब सुविधाको ५ प्रतिशत तमानखोला बालगृहको नाममा जम्मा गर्ने बारे आफुले घोषणा गरेको बताएका छन।

तमानखोलाका कोही कसै आर्थिक अवस्था निकै कमजोरि भएको पारिवारिक रुपमा कोही न कोही गमाउनु परेको नातेदारको घरमा आश्रय लिएर बस्नुपरेको बालबालीका पठनपाठन र बाच्न पाउने अधिकारबाट बन्चित नहुन भन्ने मनसाय संगै यो अभियान सुरु गरेको  र प्रेरणादायी कामको लागी संघिय र केन्द्रिय सरकारको मात्रै मुख ताकेर बसेर नहुने बताउदै बालबालीकाको भविष्य उज्वल बनाउन सबैले सकरात्मक भूमिका खेल्नुपर्ने झक बहादुर बुढाले बताएका छन ।