असार १७ : पछिल्लो पटक विभिन्न स्थानमा सरुवा रोगको जोखिम बढेपछि सरकारले सक्रियता बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो रोकथामका लागि आवश्यक सर्तकता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।
मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।
जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।



















