पाँचथर पहिरो अपडेट : बेपत्तामध्ये २ जनाको शव फेला, एक जनाको खोजी कार्य जारी

असार १८ :  पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए।

बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रूपलाल र अर्का १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब १० बजेतिर पहिरोले घर बगाएको थियो। बेपत्ता एक जनाको खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।