नुवाकोटमा पछिल्लो ६ महिनामा मात्र १० वटा बलात्कारका घटना

असार १९ : नुवाकोटमा पछिल्लो पटक बलात्कारका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको कार्यक्रममा पछिल्लो ६ महिनामा मात्र जिल्लामा १० वटा बलात्कारका घटना भएको जानकारी दिइएको हो ।

यस्तै सोही अवधिमा जिल्लामा बहुविवाहका २ वटा, हत्याका ३ वटा, बलात्कारका ७ वटा र बलात्कार प्रयासका ३ वटा घटनाको अभिलेखीकरण गरिएको कार्यक्रममा जानकारी दिएको छ ।

कार्यक्रममा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।