ट्रयास टू क्यास : नकुहिने फोहोरबाट पनि गर्न सकिन्छ मनग्ये आम्दानी

असार २१: फोहोर व्यवस्थापन यतिबेला काठमाडौँ उपत्यकाको मात्र नभएर देशका विभिन्न स्थानमा निकै नै चुनौती बनिरहेको छ । ठूला–ठूला बस्तीमा यस्ता चुनौती प्राय: देखिरहन्छन् । काठमाडौँ महानगरपालिका यसको सबैभन्दा ठूलो उदाहरण हो । त्यसैले त पछिल्लो समय महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन थालेको छ ।

कुहिने फोहोरलाई मल बनाउन सकिन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । तर नकुहिने फोहोरबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्दा त्यती पत्यार नलाग्ला । हो, विशेष गरी हामीले लगाएर फाल्ने अवस्थामा पुगेका कपडाहरु,जो लगाउन नमिल्ने अवस्थामा फाटेका हुन्छन् ती कपडाहरुबाट निकै राम्रो सामाग्रीहरु उत्पादन गर्न सकिन्छ ।

May be an image of sandals

ट्रयास टू क्यास भन्ने नयाँ अवधारणा अनुसार महिला उद्यमी जानकी प्रधान श्रेष्ठले फाटेका कपडाहरुबाट विभिन्न किसिमका फेन्सी चप्पलहरु बनाउनका लागि महिलाहरुलाई तालिम दिदै आउनु भएको छ । पुराना कपडाहरुबाट फेन्सी चप्पलहरुमात्र हैन, जुत्ता, ब्याग जस्ता सामाग्रीहरु पनि बनाउन सकिन्छ ।

May be an image of sandals

यस्तै फोहोर व्यवस्थापनमा नै अर्को चुनौती रहेको प्लाष्टिकको प्रयोगबाट पनि विभिन्न किसिमका आकर्षक सामाग्रीहरु बनाउन सकिन्छ । विभिन्न कार्पेट, डोरम्याट जस्ता सामाग्रीहरु बनाएर बिक्री गर्न सकिने प्रधान बताउनु हुन्छ । उहाँले काठमाडौँ उपत्यकासंगै देशका विभिन्न जिल्लामा गएर पुराना सामाग्रीहरुलाई कसरी पुन: प्रयोग गर्ने भन्ने बारे तालिम दिदै आउनु भएको छ । आफुले सिकेको सिपलाई अझ परिस्कृत गर्दै फरक ढंगबाट व्यवहारमा उतार्न सके त्यसले राम्रो प्रतिफल दिने प्रधान बताउँनु हुन्छ ।

May be an image of footwear
ट्रयास टू क्यासबाट महिलाहरुले राम्रो आम्दानी गर्न सफल भएको उहाँको अनुभव छ । वास्तवमै, अवसर हाम्रै वरिपरी छ । ती अवसरहरुलाई आफुले गहन अध्ययन गरेर रचनात्मक रुपमा व्यवहारमा उतार्न सके असम्भव भन्ने केही छैन भन्ने गतिले उदाहरण बनेको छ ट्रयास टू क्यास ।

May be an image of sandals