असार २१ः गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य भएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती आफुमाथि रहेको देउवाले बताए ।
उक्त कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए। देउवाले नेपाली राजनीतिमा स्व। कोइरालाको भूमिकाबारे पनि चर्चा गरेका थिए ।

















