गुल्मीमा चट्याङ्ग लागेर बालकको मृत्यु

असार २१ : गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ ।

गुल्मीको मदाने गाउँपालिका -१ का गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गत राति धौलागिरी आसपासमा निकै ठुलो पानि परेको थियो, २ बजेराति बाट नियमित रुपमा परेको पानीले ठाँउठामा साना तथा ठूला पहिरो जानुको साथै मोटरबाटो पूर्णरुपमा अबरुद्ध भएको छ ।