गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आवेको निधन

असार २४ : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ ।  जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापानको नारा सहरमा उनलाई बिहान गोली प्रहार भएको थियो ।

त्यसपछि बेहोस भएका आवेको निधन भएको हो । आवेलाई दुईपटक गोली लागेको थियो ।