असार २५ : प्रदेश नम्बर १ को नामाकारण गर्दा स्थानीय पहिचानलाई ख्याल गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरोकारवाला संघसंस्थाहरुले यस्तो आग्रह गरेका हुन् ।
प्रदेश नम्बर १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको छ । प्रदेश नं १ को नामाकरणमा नेपाली कांग्रेस र नेकपा एमाले कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।
सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका हुन्।


















