राष्ट्रपति भण्डारीद्धारा दुई देशका लागि राजदुत नियुक्त

असार २७ : राष्ट्रपति विद्या देवी भण्डारीले २ देशको लागि राजदुत नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले इजिप्टका लागि सुशिलकुमार लम्साल र अस्ट्रियाका लागि भरतकुमार रेग्मीलाई राजदुतामा नियुक्त गरेकी हुन् ।

रेग्मी संयुक्त राष्ट्र सङ्घ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् । उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम २ देशको लार्गि नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको हो ।