असार २७ : सार्वजनिक यातायातको भाडादर बढेको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ ।
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/07/2079.03.27अन्तरप्रदेशभाडादर2022-07-11_06-10-24-753.pdf”]


















