असार २८ : बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पुर्चौडी नगरपालिका-३ का ४६ वर्षीय पुरन बहादुर बोहराको कुटपिटबाट सोही नगरपालिका – ३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको मृत्यु भएको हो ।
गत असार २५ गते राति बोहराले कुटपिटबाट घाइते बनेका पार्कीको आज गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने बोहरालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

















