काठमाण्डौँमा चितुवाको आक्रमणबाट पाँच जना घाइते, एक जनाको अवस्था गम्भीर

असार ३० : काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा कार्यालयले जानकारी दिएको छ ।

गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो । सोही क्रममा आक्रमण गरेको हो ।

सो क्षेत्रमा चितुवाको जोखिम बढेकाले यसको रोकथामका लागि निकुञ्जका अधिकारीहरुसँग छलफल भइरहेको कार्यालयले जानकारी दिएको छ ।