अछाममा पहिरोले पुरिदा एकै परिवारका तीन दाजुभाईले ज्यान गुमाए

साउन ९ : अछामको तुर्माखाँदमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जना मृत भेटिएका छन्।

गएराति अछामको तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको थियो । पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका छन् ।

आज बिहान पहिरो पन्छाउँने क्रममा बेपत्ता बनेका तीनै जना मृत अवस्थामा भेटिएको वडाध्यक्ष नरेन्द्रबहादुर शाहीले बताएका छन् । ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टको शव भेटिएको हो। तीनै जना एकै परिवारका सदस्य हुन्।

पहिरोमा घाइते भएका एक जनाको भने राति नै स्थानीय बासिन्दाले उद्धार गरेका थिए। उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गएराति १ बजे पहिरो गएको थाहा भएपनि निरन्तर पानीझरि परेका कारण पहिरो पन्छाउन गाह्रो भएको त्यहाँका स्थानीय बासिन्दाको भनाई छ ।

उक्त स्थान निकै दुर्गम भएकाले प्रहरी टोली आज बिहान घटनास्थल पुग्न सकेको छैन। राति नै प्रहरी टोली पठाएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए।