दोहोरो अंकले बढ्यो नेप्से दुई घन्टामा अर्बौको कारोबार

साउन १३ : सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।

नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा बन्द भएको छ। दुई घन्टाको अवधिमा २ अर्बमाथिको सेयर कारोबार भएको छ।

आज २१५ कम्पनीको ५१ लाख १० हजार ७०० कित्ता सेयर २ अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपैयाँमा खरिद बिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये १० को सूचक बढ्यो भने बाँकी ३ को घट्यो ।

आज डेभलपमेन्ट बैंकको सूचक सर्वाधिक ४.६५ प्रतिशतले बढ्यो। १० समूहको सूचक बढ्दा हाइड्रो पावर, नन लाइफ इन्स्‍योरेन्स र म्युचुअल फन्डको सूचक घटेको हो।

बिहीबार नेप्से १५.४९ अंकले बढेर २१२७.४७ विन्दुमा पुगेको थियो। करिब ५ अर्बको सेयर कारोबार भएको थियो।कारोबारमा आएका १३ समूहमध्ये १० को सूचक उकालो लागेको थियो।