जिल्ला प्रशासन कार्यालय खोटाङले भूकम्पले क्षति पुर्याएको खबर नआएको बताएको छ। प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले महसुस हुनेगरी भूकम्प गए पनि हालसम्म कसैले पनि क्षति भएको खबर नगरेको जानकारी दिए।
‘मैले स्थानीय तहका प्रतिनिधिहरूसँग बुझिरहेको छु,’ उनले भने, ‘तर, अहिलेसम्म क्षति भएको खबर कसैले पनि जानकारी गराउनु भएको छैन।’ उनले यदि क्षतिको खबर आएमा राहत तथा उद्धारका लागि आफूहरू तयारी अवस्थामा रहेको जानकारी दिए।
आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिम विर्तालाई केन्द्र बनाएर ६ म्याग्नेच्युटको भूकम्प गएको थियो ।


















